२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

मनसुनी वायुको प्रभाव : ' उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा '

न्यून चापीय रेखा पश्चिममा सरदर स्थान वरिपरी, पूर्वमा सरदरको  दक्षिणतिर 

मंगलवार , श्रावण २, २०८०


काठमाडौं, साउन । राजधानी काठमाडौँ उपत्यकालगायत  देशका विभिन्न स्थानमा आज  हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।   मनसुनमा बदली र वर्षाले कतिपय गन्तव्यको उडान प्रभावित हुँदै आएका छन् । 

पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिन छिनमै परिवर्तन भइरहने हुनाले सामान्य उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार