काठमाडौं, साउन । आज देशभरको मौसमी अवस्था आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।
बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
राती मधेस प्रदेशका एक- दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।