२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गाउँ - गाउँमा सिंहदरबार आउँछ भन्थे !

" नेताहरुले कुन बेला देश बेचिदिन्छन् भन्ने डर छ, बचाउन राजा चाहिन्छ "

४६ हजार राजा–रानीपुगे, देशले पाल्न सक्दैन' :  राणा 

आइतवार , आषाढ ३१, २०८०

काठमाडौं, असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएका हुन् ।

उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।  ‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकट भविष्यमा अगाडि जाला भन्ने विश्वास पनि जनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन ।

न्यायालयको हालतत्यो छ । हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ उनले भने,‘हामी सबैलाई थाहा छ । राजनीति गर्ने शीर्षस्थ नेताहरु जेलको कठघरामा जानुपरिरहेको छ । प्रशासन चलाउने उच्चस्तरका कर्मचारीहरु भ्रष्टाचारमा मुछिएर जेलमा गइराखेका छन् ।’ 

क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्र भविष्य नदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्न ेगरेको पनि बताए । 


‘देशमा रोजगारीको आशै रहेन । हाईस्कूल पढ्नेवित्तिकै, प्लस टु पढ्न ेवित्तिकै हाम्रा देशका बच्चाहरु कुन देशमा गएर के नोकरी गर्नेभन्दा अर्को भविष्य छैन । यो परिस्थितिमा आज देश छ,’ उनले भने । 


देश हिजो कहाँ थियो र अब कता जाँदैछ भन्नेबारेमा राजनीति गर्ने नेताहरु अनविज्ञ रहेको पनि उनको भनाई छ । २०६२÷०६३ को जनआन्दोलन र गणतन्त्रपछि नेपाली जनता चढेको गाडी गन्तव्यमा पुग्नु पहिल्यै विग्रिसकेको उनको दाबी छ । उनले अहिलेको व्यवस्थामा जनता चिन्तित रहेको बताए ।

‘देश हिजो यहाँ थियो, आज कहाँ गइराखेको छ भन्ने हामीलाई थाहा छैन । यो सबैको बीचमा सकारात्मक कुरा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । गणतन्त्र आएपछि वा २०६२÷०६३ को जनआन्दोलनपछि जुन गाडीमा नेपाली जनता चढे,त्यो गाडि गन्तव्यमा पुग्नुभन्दा पहिल्यै नै विग्रिसकेको छ,’– उनले भने । 

संघीयता र गणतन्त्र पूर्णरुपले असफल भैसकेको उनको दाबी छ । सिंहदरबार गाउँ–गाउँमा आउँछ भन ेपनि गाउँ–गाउँमा राजारानीमात्रै पुगेको उनको टिप्पणी छ । गरिब देशले ४६ हजार राजारानी पाल्न नसक्ने उनले बताए । 

‘गाडी थोत्रो भइसकेको छ । ड्राईभरमा विश्वास छैन । ड्राईभरले कहाँ पुर्याउला? प्यासेन्जर आँत्तिसकेको छ, बस बिग्रिसकेको छ । अब नेपाली जनताले त्यो बिग्रेको थोत्रो बस, कामनलाग्ने बस परिवर्तन गर्ने किनगर्ने ? प्रश्न गर्दै उनले भने,‘प्रश्नचाहिँ त्यहाँ छ । यो राष्ट्र असफल राष्ट्र भएको सबैले महशुस गरिसकेका छन् । जनताले आशगर्ने ठाउँनै छैन । अब यो परिस्थितिबाट बाहिर निस्कने किन निस्कने ?’ 

अहिले गाउँ–गाउँमापुगेका ४६ हजार राजारानीले जनताको पक्षमा कुनै काम नगरेको र जनतालाई नटेरेको उनको आरोप छ । उनले देशमाअब परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्र, यो संघीयता पूर्णरुपले असफल भएको उनको दाबी छ । ४६ हजार नेताहरुको पालनपोषण गरिब राज्यले गर्न नसक्ने उनको दाबी छ । अहिलेको संघीयता राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको उनको टिप्पणी छ । 

‘प्रदेशहरुको कामै छैन । भत्ता खुवाउने, राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको छ यो संघीयता । संघमा नेताहरुको खेलाँची भइरहेको छ । सरकार ढल्ने अनि ढलाउने र मन्त्रीबन्ने र बनाउने बाहेक अरु काम भइरहेको छैन,’–उनले भने । 
देशको माया राजालाई जति नेतालाई नहुने उनको दाबी छ । राजाले आफ्नो गद्दी जोगाउनका लागि पनि देशलाई मायागर्ने उनले बताए । ‘परिवर्तन गर्ने किनगर्ने ? अगाडि बढ्ने कि नबढ्ने ? कि यो गरिब देशलाई यस्तै छाड्ने ? नचलेको व्यवस्था, नचलेको गाडी, फाटेको लुगा फेर्ने किनफेर्ने ?यो गणतन्त्रलाई चलाइराख्ने कि परिवर्तन गर्ने ?’भन्नेप्रश्नगर्दै उनले भने,‘हामीले प्रष्ट भीजन लिएर अगाडि बढेका छौं । यो देश दुई हजार वर्षबाट कुनै न कुनै प्रकारको राजसंस्थाले चलेको देश हो । राजाले आफ्नो गद्दीको लागिपनि देशलाई बचाइराख्छ ।’ 


अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको उनको आरोप छ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नसक्ने,आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारी जग्गाजमिन समेत हड्पिने नेताहरुले देश नबेच्ला नभनेर विश्वास गर्न नसकिने उनको दाबी छ । 

हरेक पाँचवर्षमा एउटा राष्ट्रपति निवर्तमानहुने बताउँदै उनले निवर्तमान भएका पूर्वराष्ट्रपतिको पालनपोषण जिन्दगीभर गर्न यो देशले अबत्यो व्ययभार धान्ननसक्ने उनले बताए । अहिलेसम्मका तीनै जना राष्ट्रपति देशको भन्दा पनि पार्टी र व्यक्ति विशेषको भएको उनको आरोप छ । संघीयता र गणतन्त्रको अन्तिम विकल्प राजसंस्था पुन स्र्थापना भएको उनले बताए । 


‘राजा सबैको साझाहो । सबै नेपालीजनताले मानेको राजसंस्थाहो । अहिले राष्ट्रपतिको जुन क्रियाकलाप देखियो, अहिलेको मात्रै होइन, तीनवटै राष्ट्रपतिको क्रियाकपाल पार्टीको राष्ट्रपति, पार्टीभन्दा पनि व्यक्तिको राष्ट्रपतिसम्म देखियो,’–उनले भने । 


राष्ट्रिय प्रजातन्त्र पार्टीले देश चलाउने र राजनीति गर्ने राजालाई पुनस्र्थापना गर्न नखोजेको उनको भनाई छ । राष्ट्रपतिले राष्ट्रप्रति देखाउनुपर्ने बफादारिता, इमानदारिता र अभिभावकत्व देखाउन नसकेकाले आफूहरुले देशको अभिभावकको रुपमा राजालाई चाहेको उनको भनाई छ । देशको हितमा नभएको कुराहरुलाई देशको हितमा छैन भनेर अडान लिनसक्ने राजाको परिकल्पना राप्रपाले गरेको उनको दाबीछ ।सबै राजनीति र नेतालाई एक ठाउँमा राखेर देशलाई अभिभावकको रुपमा राजाचाहेको उनले बताए ।

 
धर्मनिरपेक्षता नेपालीजनताको मागनभएर विदेशीको इशारामात्यो आएको उनको दाबी छ । धर्मनिरपेक्षताको बारेमा जनआन्दोलनमा जनताले कुरै नउठाएको उनको दाबी छ । ८० प्रतिशत जनता हिन्दूभएको देशमा किन धर्मनिरपेक्षता लादियो भन्ने कुरा पनि जनताले बुझिसकेको र अब हिन्दुराष्ट्र पुनस्र्थापना भएरै छाड्ने उनको दाबी छ । 


‘यो देशमा हिन्दुराष्ट्र फर्काउने हो । जनताले मौका पाए भने हिन्दुराष्ट्र पुनस्र्थापना हुन्छ । यो व्यवस्था र नेताहरुको अकर्मण्यताले राजा पनि आउनुपर्ने अनिवार्य स्थिति बनिसकेको छ,’–उनले भने ।

संघीयता र गणतन्त्र नमान्ने राप्रपा किन संघ र प्रदेशको निर्वाचनमा सहभागी भएको भनेर आफूहरुलाई जनताबाट प्रश्न आइरहेको बताउँदै उनले संसद्मा गएर संविधानको माध्यमबाट नै व्यवस्था परिवर्तन गर्ने तयारी आफूहरुको रहेको जबराको भनाई छ । साथै, जनआन्दोलनको तयारी पनि भइरहेको र जनलहरबाट पनि यो व्यवस्था उल्टिनसक्ने उनको भनाई छ । 


साथै, उनले भ्रष्टाचारमा संलग्न रहेको व्यक्तिलाई भोट नदिन जनता समक्ष अपिल पनि गरे । पैसाको भरमा चुनाव जितेर आउनेहरुबाट परिवर्तन सम्भव नरहेको उनको दाबी छ । पैसामाभोट विक्दा नेताहरुले भ्रष्टाचार गरेको उनको आरोप छ । जनताले अबकामगर्ने मान्छेलाई अगाडि सार्न आवश्यक रहेको उनको भनाई छ । अहिले केही परिवर्तनको सन्देश आएको उनले बताए । आफूहरुले पुराना पार्टीलाई जनताले तिरस्कार गरेको संकेत पाइरहेको उनको भनाई छ । 


कर्मचारी, एउटा शाखाअधिकृतलाई टिप्पणी उठाएको भरमा जेलमा हालेकोमा भने उनले आपत्ति जनाए । उनले भने,‘टिप्पणी त सदर हुँदै आएर मन्त्रिपरिषदले सदर गरेछ नि? कर्मचारीलाई लेख भनेपछि लेख्नैपर्यो नि । टिप्पणीको कुरा मन्त्रिपरिषद्को निर्णयबाट सदर भएको छ । मन्त्रिपरिषदको अध्यक्ष प्रधानमन्त्री हुन्छ ।को जिम्मेवार भयो त ? टिप्पणी लेख्ने जिम्मेवार हो ?त्यो बेलाको मन्त्रिपरिषद्मा निर्णय गर्ने सबैलाई जेल हाल्नुपर्छ ।’ 


नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तराष्ट्रिय समूदायअगाडि नेपालीले टाउको उठाउन पनिनसक्ने स्थिति बनाएको उनको टिप्पणी छ । भ्रष्टाचार प्रकरणमा साना–ठूला कसैलाई पनि छोड्न नहुने उनको माग छ । भ्रष्टाचार गर्नेहरुलाई जेलमाहालेर तिनीहरुको सबै सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक रहेको उनले आवश्यकत्ता औंल्याए ।

 
उनले नेपाली जनताले बोल्नेमात्रै नभएर अबकाम गरेर देखाउने नेता खोजिरहेको बताए । भ्रष्टाचार नेतृत्वसँग गाँसिएको कुरा भएकाले नेतृत्व परिवर्तन अहिलेको आवश्यकत्ता रहेको उनले बताए । परिवर्तनको अठोट गरेर आफूहरु आएको बताउँदै उनले राप्रपालाई एकपटक देशकै नेतृत्वगर्नेगरि विश्वास गर्न पनिआग्रह गरे ।

नेपाललाई सुहाउने राजतन्त्रआफूहरुको परिकल्पनाभएको उनको भनाई छ । विश्वमा एक सयभन्दा बढी क्रिश्चियन राष्ट्र भएको उल्लेख गर्दै उनले ८० प्रतिशत जनता हिन्दु भएको देशमा हिन्दुराष्ट्र अपरिहार्य भएको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार