२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सङ्घीय संसद् बैठक

आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक  : "  सभामुखद्वारा प्रमाणित "

संसद्को दुवै सदनको बैठकबाट पारित

शुक्रवार , आषाढ २९, २०८०

 

काठमाडौँ, असार । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज प्रमाणित गरेका छन । 

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन ।  

संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार