२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपालमा अमेरिकी चासाे

अमेरिकी सहायक विदेश मन्त्री लु नेपालमा  : ' दलका नेतासँग भेट '

शुक्रवार , आषाढ २९, २०८०

काठमाडाैँ, असार । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन ।

उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन ।  भ्रमणका क्रममा उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ ।

साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ । साथै उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ ।

उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार