२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय सभाको बैठक

गृहमन्त्री श्रेष्ठले भने  : " सरकारकाे सुशासन स्थापना अभियान रोकिँदैन "

'निर्दोष नफसुन् र दोषी नछुटुन्'  भन्ने मान्यता अख्तियार

बिहिवार , आषाढ २८, २०८०

काठमाडौँ, असार ।  सरकारले सुशासन स्थापनाका लागि चलाएको  अभियान नरोकिने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बिहीबार  बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले  भने, 'सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइएको छ । '

उनले थपे,  देशमा समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वसर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम लिदैनौँ । तर 'निर्दोष नफसुन् र दोषी नछुटुन्'  भन्ने मान्यता अख्तियार गरिएको पनि उनले बताए ।

‘सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन, टुंगोमा पुर्‍याउन दृढ छ ।, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामीले अगाडी बढाइराखेका छौं । 

सुशासनको सन्दर्भमा सम्पूर्ण देशले र यो सदनका सम्पूर्ण माननीयज्यूहरुले पनि जुन प्रकारको समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसले विश्राम लिने छैन । 

हामी देशको समृद्धिको लक्ष्य हासिल गर्न सुशासन एक प्रकारको पूर्वसर्त हुन गएको कुरालाई आत्मसात गरेका छौं । त्यस अन्तर्गत हामी अझ पनि अगाडि बढ्छौँ । 

निर्दोष कुनै पनि हालतमा नफसुन् । दोषी, अपराधी कुनै पनि हालतमा नछुटुन् भन्ने मान्यता हामीले अख्तियार गरेका छौं,' गृहमन्त्री श्रेष्ठले भने ।

श्रेष्ठले गृह मन्त्रालय सम्हालेपछि ठूला भ्रष्टाचारका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने काममा नेपाल प्रहरीले सक्रियता बढाएको छ । 

यसबीचमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा संलग्न उच्चपदस्थ अधिकारीहरू पनि पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार