२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री दाहालले भने :  " प्रतिपक्षले राजीनामा माग्‍नेबित्तिकै  दिनुपर्ने हो ? "

यसरी राजीनामा माग्नु लोकतान्त्रिक पद्दति भएन

सोमवार , आषाढ २५, २०८०


काठमाडौँ, असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्तिपछि उठेका प्रश्न तथा टिप्पणीको जवाफ दिन तयार  थिएँ, मौका नदिइएको बताएका छन् । सोमबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले  भने, 'आफूलाई आफ्ना कुरा राख्नका लागि अवसर दिइएन  ।' 

उनले प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद्‍ चल्न नदिने भन्दै अडान लिएको कुराप्रति भन आपत्ति जनाए । साथै प्रमुख प्रतिपक्षी दल एमालेलाई लक्षित गर्दै उनले यसरी राजीनामा माग्नु लोकतान्त्रिक पद्दति नभएको पनि बताए ।

राजीनामा माग गर्दै तीन दिनसम्म संसद्‍ अवरुद्ध पारिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए । 'म त सुरूदेखि स्पष्ट पार्नकै लागि पर्खिएर बसेको थिएँ, राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनियो ।' 

के यही यो संसदीय अभ्यास रु एकचोटि मैले यो सदनसमक्ष भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ?  उनले भने ।

संसद्‍मा आज आफू प्रतिवादका लागि उभिएको नभएर स्पष्टीकरणका लागि उपस्थित भएको पनि उनले बताए । प्रधानमन्त्री दाहालले भनेका छन्, 'मैले बुझ्न सकेको छैन । के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ?'

यही हो हामीले मान्दै आएको लोकतान्त्रिक पद्धति ? यी मेरा प्रश्नहरू मात्रै हुन् । म यहाँ प्रतिवादका लागि होइन, स्पष्टीकरणका लागि उपस्थित भएको हुँ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार