२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रतिपक्षीद्धारा प्रधानमन्त्रीको राजीनामा माग :  " संसद बैठक अवरुद्ध पारे "

बुधवार , आषाढ २०, २०८०

काठमाडौँ,    असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । 

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए   प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन । 

प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन‚' एमालेका सांसद रघुजी पन्तले भने, 'हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ।'

त्यसलगत्तै एमाले‚ रास्वपा र राप्रपाका सांसदहरू ह्वेलअघि भेला भएका थिए । 

दलहरूले बैठक अवरोध गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार