२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सभामुख  - तीन दल शीर्ष नेता बैठक 

 संसदीय समितिहरू : " तत्काल सभापति चयन गर्ने शीर्ष नेताबीच समझदारी "

समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त

मंगलवार , आषाढ १९, २०८०

काठमाडौँ, असार । तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाएका छन ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन ।   
 
उनले भने, “संसदीय समितिको सभापति चयन तत्काल गर्ने नेताहरुले प्रतिबद्धता जनाएका छन अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ ।” 

उनले समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त गरे । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयक माथिको छलफल अगाडि बढ्न सकेको छैन ।

गत वैशाख १५ गते प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएका थिए ।  तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल हुन सकेका छैनन् । 

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समय सीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गरेका हुन । 

सभामुख घिमिरेले सहमतिबाट सभापति नतोकिएका निर्वाचन प्रक्रियाबाट सभापतिको चयन हुने बताए ।   संसदीय समितिलाई कसरी स्तरीय र प्रभावकारी गतिशील बनाउने भन्ने बारेमा नेताहरुसँग सल्लाह मागेको उनको भनाइ छ । 

“लामो समयदेखि संसदीय समितिको नेतृत्व चयन भएको छैन, ज्येष्ठ सांसदबाट समितिको अध्यक्षता गरेर काम भइरहेको छ । समिति सभापति चयन निर्वाचनमार्फत वा सहमतिमा टुङ्ग्याउने भनि प्रश्न गरेको छु”, उनले भने, “यसमा तपाईंहरुले प्रक्रिया थाल्नुभएन भने मैले कदम चाल्नुपर्ने हुन्छ पनि भनेको छु ।”

संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका ह्न ।  

बैठकमा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ सहभागी रहेका थिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार