२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

देशभरको  मौसम : 'कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना'

पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव

आइतवार , आषाढ ३, २०८०


काठमाडौँ, असार । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भू–भागमा एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार