२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नागरिकता विधेयक 

नेपालमा विवाह गर्ने महिला : "नागरिकता दिने निश्चित वर्ष सीमा राख्नुपर्छ "

प्रधानमन्त्री आहाल : 'आगामी दिनमा समझदारी बनाऔँ'

सोमवार , जेठ २२, २०८०

 

काठमाडौँ, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने निश्चित वर्षको सीमा राख्नुपर्छ भन्नेमा आफू रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा समझदारी बनाएर त्यस्तो समय सीमा राख्नुपर्ने बताए ।नागरिकता विधेयकका विषयमा प्रमुख प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले आफू सीमा राख्न तयार रहेको बताए । 

'हामी अहिले पनि नेपालमा विवाह गरेर आउने महिलाको हकमा केही क्राइटेरिया (समयसीमा) राख्नुपर्छ भन्नेमा नै छौं । हामी अहिले पनि त्यहिँ छौं,' उनले भने ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले समय सीमा राख्ने विषय संसद्‌मा नै भनेपछि वधेयक प्रस्तुत भएको बताए ।  त्यतिबेला जन्मसिद्ध आमाबाकुका सन्तानहरू नागरिकता नपाएर प्रताडित भएकाले समस्या समाधान गर्न विधेयक ल्याइएको र नेपालमा विवाह गरेर आउने महिलालाई सीमा राख्ने विषय थाती रहेको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विषय सबै राजनितिक दलका साझा भएको पनि दाहालको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार