२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा 

भारत भ्रमणको उद्देश्य : " दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउनु " 

प्रधानमन्त्री दाहालले भने : 'भोलि भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुँदैछ' 

बुधवार , जेठ १७, २०८०

 

नयाँदिल्ली, जेठ ।  आजदेखि चारदिने भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताएका छन् ।

आज, बुधबार,  भ्रमणको पहिलो साँझ नयाँ  दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।

दाहालले भोलि बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका दाहाल पहिलो रात मौर्य होटलमा बस्नेछन् ।

बिहीबार उनले हैदरावाद हाउसमा समकक्षी मोदीसँग वार्ता गर्नेछन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले दाहाललाई स्वागत औपचारिक रुपमा स्वागत गरेकी थिइन् । 

तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो भारत भ्रमण हो । यस भ्रमणमा नेपाल सरकारका पाँच मन्त्रीहरू पनि सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार