२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री दाहालको भारत भ्रमण : " प्रतिनिधिसभालाई दिए जानकारी "

उर्जा क्षेत्र, सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकीलगायत पूर्वाधार निर्माणमा जोड दिइने

सोमवार , जेठ १५, २०८०

काठमाडौँ, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारबाट हुन लागेको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । उर्जा क्षेत्र सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने उनले बताएका छन् ।

चार दिने भ्रमणमा नेपालका जलविद्युत निर्यातका लागि आधार सुरक्षित गर्नेबारे कुरा हुने उनले जानकारी दिए ।

नयाँ पारवहन सम्झौता हुने पनि उनले जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेट हुने पनि जानकारी दिए । 

चार दिने भ्रमणमा उनी मध्यप्रदेश इन्दोरमा फोहोर मैला व्यवस्थापनबारे अवलोकन गर्नेछन् । उनले उज्जैन पनि जाने जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार