२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आर्थिक वर्ष २०८०/८१ 

बागमती, विष्णुमतीलगायत नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाइने

सोमवार , जेठ १५, २०८०

काठमाडौं, जेठ ।  सरकारले बागमती एवम् विष्णुमती सहितका नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन संघीय सरकारले असहयोग गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । 

महानगरका मेयर बालेन्द्र शाह  (बालेन) ले सुकुम्बासी बस्ती हटाउन सहयोग नगरेको भन्दै फोहोर नउठाउनेदेखि, प्रधानमन्त्रीले बोलाएको बैठकमा नजानेसम्म गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार