२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गणतन्त्र दिवस

राष्ट्रपति पौडेलले दिए ५०१ जना कैदीलाइ आममाफी : " रेशम चौधरी छुटे "

आइतवार , जेठ १४, २०८०

 

काठमाडौँ, जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५०१ जनाको कैद माफी गरेका छन् । 

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

11111111-2852023025431-1000x0.jpg
undefined
2222222222-2852023025444-1000x0.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार