२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नयाँ सरकारका पाँच महिना

सरकारले पायो पूर्णता : ' थप नियुक्त मन्त्रीको शपथग्रहण आज '

बुधवार , जेठ १०, २०८०


काठमाडौँ, जेठ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)  का तर्फबाट मन्त्री नियुक्त हुनुभएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।

दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार