२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम विज्ञान विभाग भन्छ 

देशभरको मौसम : 'तीन दिन वर्षा, तराईमा हावाहुरीको सम्भावना'

लगातार झरी भने पर्दैन

मंगलवार , जेठ ९, २०८०

 

काठमाडौं, जेठ । अबको दुई/ तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन ।

महाशाखाका मौसमविदका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई(तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी भने पर्दैन,’ उनले भने, ‘साथमा रेनकोट वा छाता बोकेर हिँड्दा राम्रो ।’

आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति पनि कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना छ ।

भोलि मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको मौसमविद झाले जानकारी दिए ।

समग्रमा भन्दा अबको दुई(तीन दिनलाई मौसमी प्रणाली सक्रिय भएर बदली र वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार