२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

संक्रमणकालीन न्याय'

प्रधानमन्त्री दाहालले भने : 'कांग्रेस - एमालेसँग सहमति भईसक्यो '

सम्बन्धित विषय दुई वर्षभित्र टुंग्याउँछौं  

आइतवार , जेठ ७, २०८०

 

काठमाडौँ, जेठ ।  संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम दुई वर्षभित्र टुंग्याउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । 

उनले प्रमुख राजनीतिक दलहरूबीच संसद्मा दर्ता भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्‍याउने समझदारी भएको पनि बताए । 

१४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता र सत्य निरुपणको काम अन्तिम चरणमा रहेको बताए ।

'अब यो बेपत्ता योद्धाहरूको छानबिन र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ । सबैतिर सहमति बनायौ,  केही दिनभित्र  विधेयक पारित गरेर आयोगमार्फत  नीति तथा कार्यक्रममा पनि प्रस्तुत भईसक्यो ।' 

नीति, कार्यक्रममा हामीले अबको दुई वर्षभित्र सम्पूर्ण काम टुंग्याउने गरी काम अगाडि बढाउँछौं भनेका छौ,  उनले भने, 'नेपाली कांग्रेस तथा एमालेसहितका दलको पनि सहमति र प्रतिबद्धता भइसकेको छ ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार