२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

बङगालको खाडीमा विकसित शक्तिशाली चक्रवात : ‘नेपालमा ‘मोखा’ असर छैन’

'चक्रवात बङ्गलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको छ'

सोमवार , जेठ १, २०८०

काठमाडौँ, जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङगालको खाडीमा विकसित भएको  ‘मोखा’ नामक अति शक्तिशाली चक्रवात हो । 

यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार उक्त चक्रवात बङ्गलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको छ ।
    
हाल कोशी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही  स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार