२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

भुटानी शरणार्थी प्रकरण

फरार रायमाझी पक्राउ : " अध्यक्ष ओलीले लुकाए, दबाव थेग्न सकेनन् "

सोमवार , जेठ १, २०८०

 

काठमाडौँ, जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । 

आफू पक्राउ पर्ने भएपछि रायामाफीले अध्यक्ष ओलीसँग गुनासो गरेका थिए । अनि ओलीले रायामाफीलाई पक्राउ नपर्न भनेका थिए ।  अध्यक्ष ओलीले शरणार्थी प्रकरणबाट बचाउन खुलेर नै लागे ।

हुँदा -हुँदा उनले माओवादी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा ब्युझाएर त्यसको नेतृत्व प्रधानमन्त्री प्रचण्डलाई दिनेसम्मको प्रलोभन देखाए ।  स्रोतका अनुसार,  माधव नेपालले  नमान्दा यो रोकिएको जनायो । 
 

प्रहरीले खोजी गरिरहँदा बुधबार रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार