२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नक्कली शरणार्थी प्रकरण 

मानव तस्करीको अपत्यारिलो घटना : " देशको शिर निहुरियो "

कांग्रेस नेता डा. कोईरालाले भने : 'दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्छ '

शनिवार , बैशाख ३०, २०८०


काठमाडौँ, बैशाख ।  नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् ।

नेता डा. कोइरालाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन,  'भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामुमा नेपालको शिर निहुरिएको छ ।' 

उनले थप लेखेका छन्,  'नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित भ्रष्टाचारजन्य  कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामुमा देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं । तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ ।'

देशका शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दै गएको र त्यसले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको उनको भनाइ छ । 

नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन भ्रष्टाचारविरूद्ध नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्नुपर्ने  पनि उनले बताएका छन् । 

कोइरालाले लेखेका छन्, 'अब समय आएको छ भ्रष्टाचारविरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने।'

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार