२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा एकीकृत समाजवादी

नक्कली शरणार्थी  प्रकरण : ' कारबाहीको माग गर्दै देशभर प्रदर्शन '

पारदर्शी छानबिनमा दबाब दिन नागरिक सभा

बिहिवार , बैशाख २८, २०८०


काठमाडौँ, बैशाख । नेकपा (एकीकृत समाजवादी) ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि कारबाहीको माग गर्दै आज देशभर दबाबमूलक कार्यक्रम गरेको छ ।

पार्टी आबद्ध २२ जनवर्गीय सङ्गठनले सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी सजायका लागि सबै जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो । 

सरकारले कारबाही प्रक्रिया सुरु गरेपछि पारदर्शी छानबिनमा दबाब दिन नागरिक सभा, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ । 

मोर्चा फाँट इञ्चार्ज एवं पार्टी उपमहासचिव डा विजय पौडेलले सरकारले गरेको छानबिनको सराहना गर्दै भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार