२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

 नेकपा एमाले बैठक 

ओलीले राजनीतिक प्रतिवेदनमा भने : ‘सरकारबाट विपक्षमाथि आक्रमण ' 

' सरकारले अलोकतान्त्रिक चरित्र देखाइरहेको छ’

बिहिवार , बैशाख २८, २०८०


काठमाडौँ, बैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठक आज, बिहीबार, बाट सुरूभएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

प्रतिवेदनमार्फत् अध्यक्ष ओलीले सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको आरोप लगाएका छन् ।

‘सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको छ । राष्ट्रिय महत्वका विषयमा नीतिगत सहमति खोज्ने होइन, मिलिजुली सत्ताभोग र दोहन गर्ने उद्देश्यले हुने यस्ता गठबन्धनले राजनीतिलाई थप विकृत बनाइरहेको छ,’ अध्यक्ष ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले ०७८ सालमा सर्वोच्च अदालतको फैसलाबाट गलत बाटोमा अघि बढेको देशलाई आमनिर्वाचनपछि फेरि नयाँ कोर्समा लैजाने प्रयास भए पनि त्यो प्रयास असफल भएको बताएका छन् ।

‘पार्टीले ०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण गर्‍यो । एमाले, माओवादी केन्द्रसहित सात दलको समर्थनमा सरकार बन्यो । 

सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेसँगै समाजमा उत्साह देखा पर्‍यो । पुँजी बजारमा सकारात्मक प्रभाव देखियो । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार