२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाँण पक्राउ : " अदालतको ४ दिन हिरासतमा राख्न अनुमति "

मैजुबहालस्थित निवासबाट पक्राउ

बुधवार , बैशाख २७, २०८०

काठमाडौँ, बैशाख । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले बताए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । 

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार