काठमाडौँ, बैशाख । प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले नेपालमा सर्वदलीय भ्रष्टाचार मौलाएको बताएका छन् । उनले सबै नेताहरू मिल्ने र भ्रष्टाचारजन्य काममा आफ्नो सट्टा कर्मचारीलाई फसाउने नियति दोहोरिइरहेको बताए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद सिंहले एउटा नेता वा दलमात्रै नभएर, सबै दलको मिलेमतोमा सर्वदलीय भ्रष्टाचार हुन थालेको बताए ।
उनले नेपालमा विगत्देखि अहिलेसम्म देखिएका भ्रष्टाचारका सवालमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् । ‘संसद्ले उच्चस्तरीय समिति गठन गर्नुपर्छ ।
अधिकारसम्पन्न छानबिन समितिबाट सबै भ्रष्टाचारको छानबिन गर्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले वचन दिनुपर्छ कि कोही पनि भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुँदैन ।’