२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा कार्यव्यवस्था समिति

प्रतिनिधि सभा बैठक : " अब सांसदहरूको अब ई–हाजिरी हुने "

उपस्थित/ अनुपस्थितबारे जानकारी र कोरम नपुग्ने समस्या हट्ने

आइतवार , बैशाख २४, २०८०

 

काठमाडौँ, बैशाख । प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ ।

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित/ अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्ने जस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुखले बताएका छन् ।

'ई–हाजिरीको बारेमा राष्ट्रिय सभाको सिकाइ र अनुभव पनि लिएर अझै प्रभावकारी बनाउँ,' कार्यव्यवस्था बैठकमा सभामुखले भनेका थिए, 'सदनमा माननीयहरूको उपस्थिति कमजोर छ ।' 

'सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार