२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ 

देशभरको मौसम : 'आजदेखि खुल्यो, उपत्यकामा बिहानैदेखि पारिलो घाम'

सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेश राती सामान्य वर्षा

शनिवार , बैशाख २३, २०८०


काठमाडौँ, बैशाख । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले देशका अधिकांश भू–भागमा मौसम  सामान्यतया सफा रहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । 

दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगमा बदली रहनुका साथै ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार