२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सिम्रिक एयर हेलिकप्टर दुर्घटना (अपडेट )  

हेलिकप्टरमा सवार सबै सकुशल :  दुर्घटनामा पाइलटसहित ५ जना घाइते

पाइलटसहित घाइतेलाई काठमाडौं ल्याइयो

शुक्रवार , बैशाख २२, २०८०


काठमाडौँ , बैशाख । संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइँदै छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका(४, हम्मरेडाँडामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन पौडेलसहित, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर छन् ।

सिम्रिक एयरका प्रमुख बजार अधिकृत योगेश सापकोटाका अनुसार दुर्घटनामा घाइते भएका सिम्रिकका क्याप्टेन तथा चिफ पाइलट सुरेन्द्र पौडेलसहित घाइतेहरूलाई काठमाडौं ल्याइँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार घाइतेलाई अहिले दुर्घटनास्थलबाट सेना र सिम्रिककै हेलिकप्टरबाट खाँदबारी विमानस्थलमा पुर्‍याइएको छ । घाइतेको अवस्था हेरेर अब थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको उनले बताए ।

सिम्रिकका प्रमुख बजार अधिकृत सापकोटाले घाइतेहरूलाई  हेलिकप्टरबाट मेडिसिटी अस्पताल ल्याइएकाे बताए । उनका अनुसार हेलिकप्टर दुर्घटनामा भएको क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार