२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण

ठग पक्राउ, अध्यक्ष ओलीको आक्रोश : " बहालवाला सांसदलाई हत्कडी ? " 

‘ को–को दोषी हुन् ? नियतवश तानिएको हो कि ? हामी पनि अध्ययन गर्दैछौँ ' : अध्यक्ष ओली

बिहिवार , बैशाख २१, २०८०

काठमाडौँ, बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै आक्रोश पोखेका छन । उनले सो घटना रहस्यमय रहेको भएको भन्दै आरोप पनि लगाएका छन् ।

कान्तीपुर लेख्छ, उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव टोपबहादुर रायमाझीका सन्दर्भमा पटक- पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताए ।

एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ, उनले भने । बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यस घटनाबारे ध्यानाकर्षण गराएका अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई छोड्न नहुने, तर निर्दोषलाई फसाउन पनि नदिइने बताए ।

यो प्रकरणमा को -को दोषी हुन् ? नियतवश तानिएको हो कि तनाइएको हो ? भनेर हामी पनि अध्ययन गर्दैछौँ, उनले भने, यसमा निदोष पर्नु हुँदैन, तर दोषी उम्किनु हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी चुप लागेर बस्दैनौँ ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।

नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार