काठमाडौं, बैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा बिजयी जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ ग्रहण गरेका छन् । आज उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । शपथपछि जसपा अध्यक्ष उपेन्द्र यादवले सञ्चारकर्मीसँग भने, सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ, मेरो मान्यता रहेको बताएका छन् ।
उनले भने, अस्थीरताले देश, जनता र कसैलाई पनि हित गर्दैन, आफू सरकारको स्थायीत्व हुनुपर्र्छ भन्ने पक्षमा रहेको छु । शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले थपे, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा जसपा छ । अस्थिरताले कसैलाई हित गर्दैन ।’
जसपा सरकारमा जानेबारेकबो जवाफमा अध्यक्ष यादवले भने, पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गरिने छ । सरकारमा आफैं जाने कि अरुलाई पठाउने भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने, ‘सरकारमा जान बाँकी मन्त्रीहरु चाँडै फुलफिल हुन्छ । को जाने भनेर पार्टीले निर्णय गर्छ ।’
रास्वपालाई पुरानै मन्त्रालय दिने तयारीबारे राखिएको जिज्ञासामा उनले राजनीतिक स्थीरताका लागि वृहत्तर सहमति हुनुपर्ने बताए । ‘म त चाहान्छु अझ वृहत्तर सहमति हुनुपर्छ। अझ राष्ट्रिय सहमति बनोस् । यदि भएन भने दुर्भाग्यपूर्ण हुन्छ,’ उनले भने।
यादवले अगाडि भने, ‘अस्थीरता रह्यो भने देशको आर्थिक विकासमा असर पर्छ, सिस्टममाथि असर पर्छ र जनतामा वितृष्णता जाग्दछ । समग्रमा नेपालीलाई असर पर्छ ।’