काठमाडौँ, बैशाख । प्रतिनिधिसभा निर्बाचनमा पाएको लोकप्रियतापछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रानै गृहमन्त्रालय पाए सरकारमा सहभागी हुने धारणा राखेको छ । सो दलको आज बसेको बैठकले माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तयार रहेको बैठकमा छलफल भएको जनाईएको छ ।
पार्टीको केन्द्रीय समितिको शुक्रबारको बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछानेले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री दाहाल तयार रहेको बताएको जानकारी पनि दिए ।
प्रधानमन्त्री समक्ष रास्वपाले सरकारमा जान साबिकका गृह मन्त्रालय दिने, नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग राखेको प्रबत्ता मुकुन्द ढकालले जानकारी सोमबारको केन्द्रीय समिति बैठकमा दिएका थिए ।
प्रबत्ता डकालले थपे, प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिने, नीति तथा कार्यक्रम पुनर्लेखनमा तयार भएपछि सरकारमा जाने तयार भएको हो ।
गत पुस १० मा भएको एमालेसहितको गठबन्धन सरकारमा रास्वपाले उपप्रधानमन्त्रीसहित तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो ।
स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । उपप्रधान तथा गृहमन्त्री बनेर सभापति रवि लामिछाने मन्त्रिपरिषद्मा सहभागी भएका थिए ।
आइतबार भएको भेटमा प्रधानमन्त्रीले लामिछानेसँग सरकारमा सहभागीबारे छलफल गरेका थिए । सो विषयमा पार्टी केन्द्रीय समिति बैठकमा पनि छलफल भएको प्रवक्ता ढकालले बताए ।
रास्वपाले गृह, श्रम र शिक्षा मन्त्रालय मागेको छ भने नीति तथा कार्यक्रम पनि पुनर्लेखन हुनुपर्ने माग राखेको छ ।
प्रधानमन्त्री दाहालले गृह मन्त्रालय रास्वपालाई दिने भनिसकेको ढकालले बताए । हाल गृह मन्त्रालय माओवादी केन्द्रको भागमा छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् ।