२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा एकीकृत समाजवादी

अध्यक्ष नेपालले भने : 'मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ'

समाजवादी व्यवस्थाले समाजमा देखिएका अनैतिकता समाप्त हुने

शनिवार , बैशाख १६, २०८०

काठमाडाैँ, बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन । 

अखिल नेपाल महिला सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताउँदै समाजमा देखिएका अनैतिकता समाप्त हुने बताए । 

अध्यक्ष नेपालले आफ्ना पार्टीका सङ्गठनको चरित्र समाजवादी चरित्र भएको बताउँदै जनताले चाहेको विकास र समृद्धिको चाहना पूरा गर्न समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए । 

ठोस कार्यदिशाका साथ पार्टी निकट सबै जनवर्गीय सङ्गठनलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा महिला वर्गको उल्लेखनीय सहभागिता रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको नीति–निर्माण तहमा पनि उनीहरूको प्रतिनिधित्व थप वृद्धि गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार