२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेसमा चाँडो नीति अधिवेशनकाे माग : “ नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ” 

अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन माग

बिहिवार , बैशाख १४, २०८०


काठमाडौँ, बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन ।  

सम्पर्क समितिसँगको छलफलका क्रममा  उनले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताएका हुन । 

प्रत्येक दुई÷दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र साङ्गठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ । 

गत मङ्सिर ४ मा आम निर्वाचन भएर यही वैशाख १० मा उपनिर्वाचन भइसक्दासमेत केन्द्रीय समिति बैठक बस्न नसकेको उनले बताए । 

“पार्टीलाई व्यवस्थित, समय सान्दर्भिक र परिस्कृत बनाउन चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ । अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ”, नेता महरले भने । 

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिस्कृत हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले नागरिकको भावनानुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने बताए । 

उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो ।

“हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावना अनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छु”, नेता महरले भने, “पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाब र गतिशीलता खोजेको सङ्केत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।” 

समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोहीअनुरुप गतिशील हुनसक्नुपर्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार