२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

गोरखा भूकम्पका आठ बर्ष

प्रधानमन्त्री दाहालले भने : " पुनःनिर्माणको काम बाँकी भए सरकार साथमा "

सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति

मंगलवार , बैशाख १२, २०८०


काठमाडौँ, बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन । 

गोरखा भूकम्पको स्मृतिका अवसरका सन्देश दिदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताए । 

प्रधानमन्त्री प्रचण्डले भने, “यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु । सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु ।”

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउने नेपाली दिदी बहिनी तथा दाजुभाइप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन । 

यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन ।  भूकम्पका कारण घाइते एवं अङ्गभङ्ग भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्रीले गरेका छन  ।

भूकम्पपछि २०७३ सालमा गठित आफ्नो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्रीले स्मरण गरेका छन ।  

उनले त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रु एक लाख अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिन महत्वपूर्ण निर्णय भएको प्रधानमन्त्रीले बताएका छन । । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार