२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मन्त्रिपरिषद् बैठक 

फास्ट ट्र्याकको जग्गा प्राप्तिको विषय : " छिटो टुंग्याउने निर्णय "

छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाएर टुंग्याउने

मंगलवार , बैशाख १२, २०८०

 

काठमाडौँ, बैशाख । सरकारले काठमाडौं- तराई -मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सञ्चारकमीर्लाइ  बताए ।

काठमाडौं- तराई - मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं । 

' त्यो समितिले काम अघि बढाएको छ । छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ,' उनले भने ।

उनका अनुसार बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय भएको छ । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बैठकले गरेको बताए ।

मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार