२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा सदस्य उपनिर्बाचन

बारा–२ मा मतगणना जारी : 'जसपा अध्यक्ष यादवले लिए फराकिलो अग्रता '

जनमतका शिवचन्द्रप्रसाद कुशवाहा पछयाउँदै

मंगलवार , बैशाख १२, २०८०

 

बारा, बैशाख । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन । 

जसपा अध्यक्ष यादवले कारव ५ हजारको  फरक  मतका साथ अग्रता लिएका छन ।  जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले छ हजार आठ सय छ मत ल्याएर उनलाई पछ्याइरहेका छन । 

यस्तै  नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले चार हजार ११ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । 

कुल एक लाख पाँच हजार २४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार