२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

तनहुँमा वाग्ले विजयी : ' बारामा यादव र चितवनमा लामिछानेको अग्रता"

तनहुँ कांग्रेसका भट्टराईले २० हजार १२२ मत पाए

मंगलवार , बैशाख १२, २०८०


तनहुँ, बैशाख ।  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।

यसैगरी, बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले अग्रता लिएका छन भने चितवनमा रबि लामिछानेले भारी मतले अगाडि रहेका छन । 

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार