काठमाडौँ, बैशाख । सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने सत्तारुढ प्रमुख घटक कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।
कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।
उनले भने,‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ ।
युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ । ऊसलाई भ्याइनभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ ।’
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३र४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो ।
‘तपाईंरहामी सबैले मिहिनेत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं । यहाँ बसेर हामीले परिणाम दिने हो । यसमा हामीले ठीक ढंगले काम गर्न सक्यौ भने अबको ३र४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन ।
स्थिति ठीक छैन, असहज छ । राम्रोसँग सम्हालेनौं भने बिग्रँदै जान्छ । ठीक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौं भने फेरि सम्हालिँदै जान्छ ।
महामन्त्री थापाले २०८० सालमा कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए ।
उनले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।