२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मन्त्रिपरिषद् निर्णय सार्वजनिक

'सरकार जनअपेक्षा अनुसार काम गर्दै, जनतामा आशा जागेको छ ' 

“सरकारले गति लिएको छ, धेरै राम्रा काम भएका छन् ” :  मन्त्री शर्मा

बिहिवार , चैत्र ३०, २०७९

 

काठमाडौँ, चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षा  अनुसार काम गरिरहेको बताएकी छन । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताएका छन ।  सेवा प्रवाह, कानून निर्माण र अर्थतन्त्र सुधारका क्षेत्रमा सरकारले उल्लेखनीय काम भएको उनको भनाइ छ । 

“भर्खरै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छौँ, नयाँ गठबन्धन बन्ने तथा मन्त्रिपरिषद् पुनः गठनका कारण केहीलाई त्यस्तो लागेको हुनसक्छ”, उनले भनिन् , “सरकारले गति लिएको छ, धेरै राम्रा काम भएका छन्, जनतालाई आशा जगाउन सक्नु ठूलो काम हो ।” 

सत्ता गठबन्धनभित्र कुनै पनि समस्या नरहेको उनको भनाइ थियो । “गठबन्धनका दलहरुबीच संवादहिनताको अवस्था छैन, हामी निरन्तर संवादमै छौँ”, उनले भने । 

सरकारको काम कारबाहीलाई लिएर सदन तथा बाहिर खबरदारी गर्ने राम्रो कुरा हो भन्दै मन्त्री शर्माले सत्ता पक्ष होस् वा प्रतिपक्षले सरकारलाई खबरदारी गरेको विषयलाई सकारात्म करुपमा लिनुपर्ने बताइन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार