२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा उपनिर्वाचन

आजदेखि आचारसंहिता लागू  : " के- के गर्न पाईन्छ, के गर्न पाइँदैन त ? " 

निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू

शुक्रवार , चैत्र २४, २०७९

काठमाडौं, चैत  । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज) देखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेको बेला लागू भएको आचारसंहिताले त्यो कामलाई रोक्ला कि नरोक्ला रु आयोगका प्रवक्ता पौडेलका अनुसार मन्त्रिपरिषद विस्तारलाई आचारसंहिताले रोक्दैन । 

उनले भनेका छन्, ‘आयोगले शुक्रबारदेखि आचारसंहिता लागू गरेको छ । यो देशभरि होइन, निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू हुन्छ । यी जिल्ला प्रत्यक्ष प्रभावित नहुने गरी जुन पनि गतिविधिहरू गर्न मिल्छ ।’

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार