२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

पहाडी भेगमा आंशिक बदली  : 'कोशी र गण्डकीमा हल्का बर्षा हुने '

स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव

शुक्रवार , चैत्र २४, २०७९


काठमाडौँ,  चैत  ।  आज देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको  पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

यसैगरी राति कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार