२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा बैठक

सांसदको माग :' सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन ल्याऔँ '

'सरकारको काम कारबाही प्रभावकारी भएन'

बिहिवार , चैत्र २३, २०७९

 

काठमाडौँ, चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराए ।  

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सङ्घीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका छन ।  

यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराए ।  

बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरुलाई  कानुन अनुसार कारबाही गर्नुपर्ने बताए । 

बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । 

बैठकमा सांसदहरु रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति  चौधरीललगायतले आ–आफ्ना धारणा राखेका थिए  ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार