२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभाको बैठक

नियमावली २०७९ बहुमतले पारित : " विषयगत समिति गठनकाे बाटो खुला "

विभिन्न दलका १८ सांसदका ६५ वटा संशोधन प्रस्ताव दर्ता

आइतवार , चैत्र १९, २०७९

 

काठमाडौं, चैत । प्रतिनिधिसभा नियमावली २०७९ संसद बैठकबाट बहुमतले पारित भएको छ । आज,  आइतबार, बसेको प्रतिनिधिसभाको बैठकले नियमावली बहुमतले पारित गरेको हो ।

१० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो । उक्त समितले ६ फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदन उपर सैद्धान्तिक छलफल सकिएपछि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमाथि छलफल सकिएपछि प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो ।

नियमावली तुरुन्तै लागू हुने व्यवस्था छ । यो सँगै अब संसदीय विषयगत समिति गठन गर्ने बाटो खुला भएको छ । पारित नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार