२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

 प्रतिनिधि सभा बैठक आज  

नियमावली मस्यौदा समिति प्रतिवेदन कार्यसूचीमा : " छलफल पछि पारित गर्ने "  

 मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले  प्रस्ताव गर्ने

आइतवार , चैत्र १९, २०७९

काठमाडौं, चैत ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ. व.२०७८/०७९) ’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ ।

यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् । 

संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार