२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

१० दलको न्यूनतम साझा कार्यक्रम

संक्रमणकालीन न्यायका काम २ वर्षमा : '६ महिनाभित्र प्रहरी समायोजन'

सरकारको प्राथमिकताको काम उल्लेख

बिहिवार , चैत्र १६, २०७९

काठमाडौं, चैत । सत्तारुढ  १० दलको बैठकले आफ्नो न्यूनतम साझा कार्यक्रम टुंग्याएका छन् ।

वालुवाटारमा आज बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दलले सरकारको प्राथमिकताको काम उल्लेख गरेर न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

जसमा २ वर्षभित्र संक्रमणकालीन न्यायसम्बन्धी काम सक्ने, ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, सरकारी सेवा लिन लाग्ने समय एक तिहाइले घटाउने लगायतका विषय उल्लेख छ ।

 मस्यौदालाई अन्तिम रुप दिन बाँकी रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार