काठमाडौँ, चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार ९भोलि०सम्ममा अन्तिम रुप प्राप्त गर्ने बताएका हुन् ।
उनले कार्यक्रमको मस्यौदा सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको जानकारी दिए । न्युनतम कार्यक्रम बनिराखेको छ । साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौं ।
भोलिसम्ममा साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ ।’ उनले नयाँ मन्त्रीहरुको शपथ पनि चाँडै हुने बताए ।