२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधि सभा बैठक आज

कार्यसूचीमा अख्तियारको वार्षिक प्रतिवेदन  : " प्रधानमन्त्री प्रचण्डले पेश गर्ने "

यो अवधिमा जम्मा तीनवटा विधेयक दर्ता भए

बुधवार , चैत्र १५, २०७९

 

काठमाडौं, चैत । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/ ७९) पेस गर्ने पहिलो कार्यसूची छ ।

दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् ।

गत पुस २५ गतेदेखि प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु भए पनि सरकारले विजनेस दिन सकेको छैन । यो अवधिमा जम्मा तीनवटा विधेयक दर्ता भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार