२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सत्ता गठबन्धन दल

शीर्ष नेता छलफल : " मन्त्रिपरिषद्काे पूर्णता मंगलबार अपरान्हसम्ममा " 

मन्त्रिपरिषद विस्तारका लागि मंगलबार ४ बजे सत्ता गठबन्धन बैठक

सोमवार , चैत्र १३, २०७९

 

काठमाडौँ,  चैत ।   सत्ता गठबन्धनमा शीर्ष नेताहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे फेरि मंगलबार अपराह्नसम्मको भाखा राखेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।

उक्त भेटघाटपछि मन्त्रिपरिषद विस्तारका लागि मंगलबार दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । 

सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार