२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

द्वन्द्वकालका समस्या

अयोग्य लडाकु  :' राहतका लागि प्रारम्भिक प्रक्रिया आजदेखि'

द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत

बुधवार , चैत्र ८, २०७९

 

काठमाडौँ, चैत । मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुुलाई दुई लाख राहत दिन सरकारले आजदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । 

'आजदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छु, गृहसचिव विनोदप्रकाश सिंहले भने, ुसकेसम्म चालु आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।' वितरणको काम चरणबद्ध रुपमा गरिने उनले जानकारी दिए ।

राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसंघीय मिसन नेपाल ९अनमिन० को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् ।  २०७३ सालमा उनीहरुलाई दुई लाख रुपैयाँ राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो ।

तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर्‍याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए ।  एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार