२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

अबको पाँच वर्ष : " संसद् विघटन हुँदैन, प्रधानमन्त्री तीनजना बन्नुहुन्छ " 

निधिले भने : 'जनादेश नै यस्तो छ '

मंगलवार , चैत्र ७, २०७९

 

राजविराज,  चैत ।  पाँच वर्षमा गठबन्धनबाट तीन जना प्रधानमन्त्री हुने सहमति रहेको कांग्रेसका नेता विमलेन्द्र निधिले बताएका छन् । उनले सप्तरीको कंचनरूप नगरपालिकामा मंगलबारदेखि सुरु भएको मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै नेता निधिले  थपे, अब सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने र तीनजना प्रधानमन्त्री हुने सहमति भएको  छ । 

उनले भने, 'अबको पाँच वर्ष संसद् विघटन हुँदैन तर प्रधानमन्त्री तीन जना बन्नुहुन्छ, निधिले भने, 'जनादेश नै यस्तो छ ।' यो संसद् पाँच वर्षसम्म कार्यान्वयनमा रहने भन्दै उनले केन्द्रमा सरकार पूर्णता पाएसँगै सातवटै प्रदेशमा गठबन्धनको सरकार निमाण हुने बताए ।

खेलमा हुने नियमजस्तै राजनीतिक खेलको नियम एमालेले नमानेका कारण सरकारबाट वाहिरिएको बताउँदै उनले निर्वाचनपछि सरकार गठनका बेला कांग्रेसबाट गल्ती भएको स्वीकार गरे । 

उनले २(३ दिनभित्रै सरकार पूर्ण हुने बताए । निधिले मन्त्रिपरिषद्‌मा आफू सहभागी हुने सम्भावना भने कम रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार